Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता साझेदार दलहरूबाटै परिवर्तनमाथि खतरा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको बताएका छन्।

सांसद विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘परिवर्तनमा प्रहर त्यसले गर्‍यो जसले भरखरै चुनाव हारेकालाई यीनीहरु नभई हुँदै भन्दै चोरबाटबाट राष्ट्रियसभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाएर यो काम गरे उनैले प्रहार गरिरहेका छन्।’

केही समयअगाडि सम्पन्न चुनावमा पराजित भएका व्यक्तिहरूलाई चोर बाटोबाट राष्ट्रियसभामा ल्याउन खोज्नेहरूबाट अहिलेको व्यवस्थामाथि प्रहार भएको उनले बताए ।

राष्ट्रपतिले चुन्न राखेको ठाउँमा पनि भर्खरै चुनाव हारेका मान्छेलाई लिएर आउने अनि व्यवस्थामाथि खतरा भयो भन्ने उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077