Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    बागलुङ। बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।



    दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।



    दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार