Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको छ।

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।

त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ ।

स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077