Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भालुवाङ बस दुर्घटनाका चालक भन्छन् – चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

    भालुवाङ बस दुर्घटनाका चालक भन्छन् – चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 885
    SHARES

    काठमाडौं । शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् ।

    सल्यान त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाल बहादुर नेपालीले मोड्ने बेला चक्का नघुमेपछि बस पुलबाट नदीमा खसेको बताएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय दाङमा बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएका छन् ।



    यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।

    नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार