Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • २० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

    २० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ।

    औषधि लिमिटेडले सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिमध्ये २० प्रकारका औषधि उत्पादन गरी वितरण गर्ने योजना अघि बढाएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि लिमिटेडले स्वदेशमै औषधि उत्पादन गरी सरकारलाई बेच्ने तयारी गरिएको छ ।



    यसअघि नेपालमै औषधि उत्पादनका लागि लिमिटेडको क्षमता विस्तार गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारी गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएका थिए।

    आर्थिक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले २४ करोड ७८ लाख १२ हजार निकासाको तयारी गरेको छ।

    उक्त रकम लिमिटेडले उत्पादनको विविधिकरणका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिद, मेसिनरी तथा प्लान्टो रिनोभेशन र उत्पादन विस्तारलगायत खर्च गर्ने भनिएको छ।

    विगतमा लिमिटेडले एक सय ४६ प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार