Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • भालुवाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    भालुवाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 492
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा भएको बस दुर्टनाप्रति दु:ख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् ।



    बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार