Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीको २५ सदस्यीय पदाधिकारी घोषणा, महासचिव र उपाध्यक्ष टुंग्याउन बाँकी !

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले शुक्रबार २५ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।

महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।

महाधिवेशनले सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन गर्दा दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लगाइ सकेको छैन ।

उनीहरूबीच सहमति नजुटेको सहमतिको लागि छलफल जारी रहेको नेताहरुले बताएका छन्। नागरिक उन्मुक्तिले अध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077