काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा पृथ्वी जयन्तीका अवसरमा गरेको जलपान कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने बताए।
उनले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माण गर्ने निर्माताप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।
सभापति लामिछानेले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्न नहुने र गणतन्त्रवादीले पनि हाम्रो होइन भन्ने सोच्नु गलत हुने बताए।
राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
Leave a Reply