Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – टीकापुर समाजिक सद्भावको थलो हो

    रक्षामन्त्री खड्काले भने – टीकापुर समाजिक सद्भावको थलो हो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 579
    SHARES

    धनगढी । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन्।

    सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भने,‘यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवि र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु।’



    रक्षामन्त्री खड्काले २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार