Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • मैले मेरो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड

    मैले मेरो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताएका छन्।

    ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मान गर्दै आएको बताए।



    उनले आफू नेतृत्वको मन्त्रिपरिषद बैठकबाट खेल क्षेत्रको विकासका लागि विभिन्न स्थानमा रंगशाला बनाएको दावी गरे।

    प्रधानमन्त्री प्रचण्डले भने,’ मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । अब ती रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्नेछ । नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो । ‘

    खेलकूद क्षेत्रको महत्व बहुआयामिक रहेको भन्दै अब खेल क्षेत्र शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै सीमित नरहने जिकिर गरे ।

    प्रधानमन्त्रीले देशभरिका खेलाडीहरूलाई समेटेर अन्तर्राष्ट्रिय गतिविधि गर्नेमध्ये वादोरियो संघ देखिएको बताए। उनले नेपाल अपार सम्भावनाले भरिपूर्ण देश भन्दै देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनाहरू रहेको औंल्याए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार