Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – सरकारले जनताको शिर झुकाउने काम गरेको छैन्

    रक्षामन्त्री खड्काले भने – सरकारले जनताको शिर झुकाउने काम गरेको छैन्

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 651
    SHARES

    धनगढी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले जनताको शिर झुकाउने गरी काम नगरेको बताएका छन्।

    कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको बताए।



    रक्षामन्त्री खड्काले भने,‘हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ। सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिनँ। तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ। जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन।’



    रक्षामन्त्री खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए। पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ।

    यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उनले बताए। जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको बताएका उनले सरकार सुशासनको अभियानमा रहेको उल्लेख गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार