Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077