Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आम जनता पार्टीको निर्णय

    माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आम जनता पार्टीको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 696
    SHARES

    रौतहट । आम जनता पार्टी (आजपा) ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।

    रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको प्रभु साह नेतृत्वको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले यस्तो निर्णय गरेको हो ।



    बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।



    बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरिएको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए ।

    बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेशको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार