Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अब तपस्वी बम्जनको बास महोत्तरी कारागारमा

    अब तपस्वी बम्जनको बास महोत्तरी कारागारमा

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तपस्वी भनिएका रामबहादुर बम्जनलाई महोत्तरी कारागारमा राखिएको छ ।

    बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो ।



    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरीस्थित जलेश्वर जिल्ला कारागार लगिएको छ। बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।



    विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएको सहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट भने बाल यौन दुरुपयोग मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

    अदालतले बिहीबार बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानिलकण्ठबाट मंगलबार पक्राउ गरेका बम्जनलाई बुधबार सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार