Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 1.3K
    SHARES

    सर्लाही । बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।

    जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।



    अदालतमा बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

    जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।

    आज अदालतमा बम्जनका तर्फबाट ५ जना र वादीको तर्फबाट २ जना सरकारी वकिलले बहस गरेका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार