Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको अन्तिम दिन झिनो अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ ।

कारोबार सुरु हुँदा परिसूचक बढेपनि अन्तिम समयमा ‘करेक्सन’ हुँदै ०.६२ अंकको गिरावटसँगै बन्द भएको हो ।

२०९१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढेर २१०६ अंकसम्म पुगेको थियो । तर, अन्तिम समयमा ओरालो लाग्दै २०८९ अंकमा आइपुगेर रोकिएको हो ।

यसक्रममा आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । परिसूचकमा सामान्य गिरावट आएपनि धेरैजसो कम्पनीको मूल्य बढेको छ ।

६ वटा कम्पनीको मूल्य नै १० प्रतिशतले बढेको छ । यस्तै, थप ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ को सेयर मूल्य भने ९.६० प्रतिशतले घट्यो ।

परिसूचक घटेको दिन ४ समूहको सूचक बढेको छ । जलविद्युत समूहको सूचक ३९ अंकले बढ्दा व्यापार समूहको सूचक ११ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको सूचक ३१ अंकले बढ्दा अन्य समूहको सूचक ३.८८ अंकले बढेको छ ।

आज हिमालयन बैंकको प्रमोटर सेयर २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक ०.०३ प्रतिशतले घटेको दिन ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँभन्दा बढीको २ करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।

यसअघि, लगातार तीन दिनसम्म नेप्से परिसूचक बढेको थियो । यो साताको आइतबार पनि परिसूचक घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077