Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गौशाला २६ भन्दै पहिचान खुलाउने कार्यकर्तामाथि रास्वपाले गर्‍यो कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

सापकोटाले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राखेका थिए ।

उनले गौशाला २६ को तस्वीर र नामसहित ट्वीटरमा पोस्ट गरेका थिए।

अदालतको फैसलाको आलोचना गर्दै उनले गौशालामाथि कटाक्ष गरेको रास्वपाको सूचनामा उल्लेख छ ।

गौशाला २६ को तस्बिर उनको इन्स्टा अकाउन्टबाट निकालेर केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077