सर्लाही । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिने भएको छ । मंगलबार साँझ बूढानीलकण्ठबाट सीआइबीले पक्राउ गरेका उनलाई प्रहरीले सर्लाही ल्याएर आज अदालतमा पेस गर्न लागेको हो ।
विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको थियो ।
बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने÷नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर सर्लाही ल्याइएको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।
उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बम्जनको जीवनशैली अपत्यारिलो छ । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
Leave a Reply