Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु

बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा चिसोबाट बच्न सुत्ने कोठामा बालिएको आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ ।

आगोले जलेर घाइते भएकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको उपचारका क्रममा कान्ति आरोग्य अस्पताल बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।

उनी बुधबार चिसोबाट बँच्न कोठामा आगो बालेर सुतेकी थिइन् । उक्त आगो ओडेको ब्ल्यांकेटमा सल्किएर उनी समेत जलेर गम्भीर घाइते भएकी थिइन् ।

उनको आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077