Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुको सुदूरपश्चिम अध्यक्षमा मनोज

कैलाली । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोज राई चयन भएका छन् ।

धनगढीमा भएको पहिलो अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह सर्वसम्मत चयन भएका छन् ।

यस्तै सचिवमा कमल रोकाया, सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन भए । यस्तै कोषाध्यक्षमा जेबि कुँवर चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077