Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन् ।

बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077