Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित असई गजेन्द्र पक्राउ

काठमाडौं । बाँकेको प्रहरी चौकी खडैचाका प्रहरी सहायक निरीक्षक ८ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई बुधबार पक्राउ गरेको हो ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077