Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विगु गाउँपालिकाका अध्यक्ष पनि सुन तस्करीको अनुसन्धान दायरामा

    विगु गाउँपालिकाका अध्यक्ष पनि सुन तस्करीको अनुसन्धान दायरामा

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 17.9K
    SHARES

    काठमाडौं । दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहसँग विगु गाउँपालिकाका अध्यक्ष संजीव ओलीको शंकास्पद सम्बन्ध देखिएको छ ।

    तस्करीमा संलग्नहरुसँग उनको बारम्बार फोन सम्पर्क देखिए पनि बलियो प्रमाण नभेटिएपछि उनलाई मुद्दा नचलाइएको खुलेको छ । यद्यपी दोस्रो चरणमा उनीमाथि पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ ।



    लामाबगर नाकाबाट तस्करी भएको साढे ११ किलो सुन बरामद गरी प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो । जसमा ओलीको शंकास्पद भूमिका देखिएको हो ।



    चीनसँग सीमा जोडिएको विगु गाउँपालिकामा पर्ने लामाबगर नाकाबाट करिब एक वर्षदेखि सुन तस्करी हुँदै आएको प्रहरी अनुसन्धानमा खुलिसकेको छ ।

    आलुको बोरामा लुकाएर सो समूहले सुन काठमाडौं ल्याउँदै आएको थियो । चिनियाँ नेतृत्वको गिरोहसँग ओलीको पनि निकटता देखिएको स्रोत बताउँछ ।

    ‘संजीव ओली र उनको भतिजमाथि पनि छानबिन गरेका थियौँ,’ सिआइबीका एक अधिकृत भन्छन्,‘तस्करी गर्नेहरुसँग अस्वभाविक रुपमा उनको फोन सम्पर्क देखिन्छ, तर बयानमा उनको नाम नलिएकाले जोगिएका हुन्, अहिले पनि अनुसन्धान भइरहेको छ ।’

    ओलीले माओवादी पार्टीबाट चुनाव जितेका हुन् । हाल माओवादीकै गृहमन्त्री भएकाले पनि उनले उन्मुक्ति पाएका हुन् । विगतमा गुन्डागर्दीमा समेत संलग्न ओली विवादास्पद पृष्ठभूमिका व्यक्ति हुन् ।

    २०६७ सालमा चक्रे समूहले उनलाई खुकुरी प्रहार गरेको थियो । अवैध धन्दाबाटै उनले सम्पत्ति जोडेको चिनजानका व्यक्तिहरू बताउँछन् ।

    सोही सुन तस्करीमा गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामामाथि समेत सिआइबीले अनुसन्धान गरेको थियो । लामाको लिखित कागज नै सिआइबीले गरेपनि ओलीको हकमा भने अनौपचारिक सोधपुछमै अनुसन्धान सीमित भएको स्रोत बताउँछ । सुन तस्करीका नाइके आकर लामासँग दुवैको निकटता देखिएको छ ।

    सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी कायम गरी मुद्दा दायर भइसकेको छ ।

    त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी बराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । पक्राउ परेका १५ तथा १२ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।

    यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो ।

    फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।

    उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । केही मुख्य व्यक्तिहरू अझै फरार छन् भने शंकास्पद व्यक्तिहरूमाथि दोस्रो चरणमा अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार