Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विधान संशोधनका लागि सुझाव संकलन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरूबाट सुझाव लिने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरू र कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।

त्यसका लागि गत केन्द्रीय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने बताइएको छ ।

जिल्लाबाट प्राप्त सुझावका आधारमा पुनः अर्को विधान मस्यौदा बनाएर आगामी माघको १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने छ ।

यस्तै बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारहरूलाई जिताउन पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077