Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तेस्रो दिन ९ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । उच्च अंकको वृद्धिसँगै कारोबार सुरु भएको नेप्से अन्तिम समयमा ‘करेक्सन’ हुँदै बन्द भएको छ ।

२०८४ अंकबाट सुरु भएको कारोबार अवधिमा २११५ अंकसम्म पुगेपछि अन्तिममा करेक्सन आउँदै २०८९ अंकमा पुगेर रोकिएको हो।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २०८९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ ।

मंगलबार ६ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १३ करोडमा खुम्चियो। ११८ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ११ को स्थिर रह्यो ।

यस दिन बैंकिङ क्षेत्रमा सुधार देखिएको छ । परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ ।

निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ ।

यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077