Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • बम्जनका लागि बुक भएको थियो ५ करोडको ल्यान्डक्रुजर

    बम्जनका लागि बुक भएको थियो ५ करोडको ल्यान्डक्रुजर

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सार्वजनिक गरेको छ ।

    बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।  सीआईबीले बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद गरेको छ ।



    जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको सीआईबीले जनाएको छ ।



    आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए ।

    बम्जनले ल्यान्डक्रुजर जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

    बम्जनले आफ्नो प्रयोगका लागि धुम्बाराहीमा रहेको कम्पनीलाई ल्यान्डक्रुजर किन्नका लागि ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेका थियो । उनलाई चढ्नका लागि ५ करोड मूल्यबराबरको सेतो रङको ल्यान्ड क्रुजर बुक भइसकेको पनि सीआईबीले जनाएको छ ।

    बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । बम्जनलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो । मंगलबार पनि सीआईबीले पक्राउ गर्ने बेलामा उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए ।

    मंगलबार साँझ ७:१५ बजेतिर सीआईबीले उनलाई बुढानीलकण्ठ–६ स्थित निजी निवासबाट पक्राउ गरेको थियो।

    उनको निवासबाट मोटरसाइकलका ३ थान बिलबुक, टोयोटा हाइलक्स गाडीको साँचो, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, १४ थान मोबाइल, ५ थान ट्याबलेट समेत बरामद भएको सीआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार