काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रचण्डले विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएका हुन् ।
बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ।
विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो ।
समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।
Leave a Reply