Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • पञ्चेश्वर जलविद्युत् परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    पञ्चेश्वर जलविद्युत् परियोजनाको ‘ब्रेक थ्रु’ केही दिनमै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 471
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गरेका छन्।

    आज सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको दाबी गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ। त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता लागु भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार