Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वभूमिसुधार राज्यमन्त्री लामा

    बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वभूमिसुधार राज्यमन्त्री लामा

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 3K
    SHARES

    काममाडौं । बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वभूमिसुधार राज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छन्।

    पूर्वराज्यमन्त्री लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी हुन् ।



    बम्जन आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् ।



    लामा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

    बम्जनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बम्जनविरुद्ध प्रहरीमा उजुरी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार