Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • भारतसँग भारतीय कम्पनीले उत्पादन गरेको बिजुली मात्र बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री प्रचण्ड

    भारतसँग भारतीय कम्पनीले उत्पादन गरेको बिजुली मात्र बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 519
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय कम्पनीले उत्पादन गरेको मात्रै बिजुली भारतले लैजाने भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

    आज संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताए। चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको जानकारी प्रचण्डले दिए ।

    उनले यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो ।

    त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो । उक्त सम्झौतामा भारतले नेपालबाट विद्युत निर्यात गर्ने मोडालिटीमा स्पष्ट नभएको भन्दै प्रश्न उठेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार