एजेन्सी । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा निसास्सिएर ५ बालबालिकाको मृत्यु भएको छ ।
अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार अमरोहा जिल्लाको ढाका गाउँमा दुई केटा र तीन केटीको मृत्यु भएको हो । कोठामा कोइला बालेर खाना पकाइएको थियो ।
सोही कोठामा सात जना सुतिरहेका थिए । दुई जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।
कोठामा अक्सिजनको अभाव भएको बताइएको छ ।
Leave a Reply