Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा थिए बम्जन, प्रहरी देखेपछि दुई तलाबाट हामफाले !

    पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा थिए बम्जन, प्रहरी देखेपछि दुई तलाबाट हामफाले !

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन प्रहरीको टोली घर पुग्दा दुई तलाबाट हामफालेर भाग्न खोजेको खुलेको छ ।

    स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न बुढानिलकण्ठस्थित एक घरमा पुगेको थियो ।



    प्रहरी आएको थाहा पाएपछि बमजनले घरको बरण्डाबाट हामफालेका हुन् । उनी भाग्न लागेपछि प्रहरीले उनलाई बाहिरै पक्राउ गरेको बताइएको छ ।



    पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो ।

    त्यसपछि डिएसपी भण्डारीको नेतृत्वको टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य फेला पारेको थियो ।

    उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएको बताइएको छ । उनीमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार