Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा केन्द्रीय सदस्य र सांसदको वार्षिक लेबी शुल्क २५ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र संसद्को लेबी शुल्कलाई एकरूपता दिएको हो ।

प्रमुख सचेतक सन्तोष परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको हो । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको छ ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा।डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077