Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहायक हवल्दार नै प्रहरीको फन्दामा

कैलाली । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए ।

उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077