Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै गम्भीर प्रहार हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै प्रहार भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।

प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको भन्दै संसदीय समितिममा उनले टिप्पणी गरे ।

यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको उनको भनाई छ । सभापति लामिछानेले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताए ।

यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा योग्यताको आधारमा चयन उनको प्रस्ताव छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077