Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • श्रम मन्त्रालयले वृद्धि गरेको शुल्क कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    श्रम मन्त्रालयले वृद्धि गरेको शुल्क कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 765
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिन निर्देशन दिएका छन्।

    सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले वृद्धि गरेको शुल्क कार्यान्वयन नगरी यथावत रुपमा हुने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला।आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला।’



    मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराए।

    उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार