काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
खुला प्रतिस्पर्धाअन्तर्गत प्रशासन सहायकमा ४ जना, लेखा सहायकमा १ जना, लेखापाल १ जना र आन्तरिक लेखा परीक्षक १ जनाको लागि दरखास्त आह्वान गरिएको छ।
यस्तै समावेशीतर्फ महिलामा प्रशासन सहायक ५ जना, लेखा सहायक १ जना र आन्तरिक लेखा परीक्षक ६ जनाका लागि दरखास्त माग भएको छ ।
समावेशीतर्फ नै आदिवासी जनजातिमा प्रशासन सहायक पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
Leave a Reply