काठमाडौं । उच्च अदालतमा नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।
न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो ।
Leave a Reply