Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सहकारी पीडितका समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    सहकारी पीडितका समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 546
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीलाई सहकारी पीडितको समस्या सम्बोधन गर्नेगरी ठोस प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

    सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महतलाई उक्त निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’



    बैठकमा अर्थमन्त्री महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्नेगरी निर्णय गरेर जानुपर्ने बताए।

    सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानुनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार