काठमाडौं । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा कार्यारत नायब सुब्बा पशुपति पोखरेलले अनलाइन नेपालमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
३ कार्तिक २०८० मा ‘हाजिर नगरी तलब बुझ्ने करोडपति सुब्बा, भीभीआईपीको सामान खरिदमा लाखौं भ्रष्टाचार’ शीर्षकमा अनलाइन नेपालमा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका हुन् ।
प्रेस काउन्सिलमार्फत अनलाइन नेपालको आधिकारीक इमेलमा खण्डन पत्र पठाउँदै उनले आपत्ति जनाएका हुन् ।
उनले पठाएको खण्डन पत्रमा भनिएको छ–‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमाम रहेर कुनै पनि विचौलियाको रुपमा काम गरेको छैन । आर्थिक मामिलामा एक पैसा पनि हिनामिना गरेको गलत काम गरेको प्रमाण भए पेस गर्न चुनौती दिन चाहन्छु ।’
त्यसैगरी पोखरेलले कुनै सप्लायर्ससँग सेटिङ नगरेको दावी गर्दै प्रमाण पेश गर्न चुनौती दिएका छन् ।
उनले कानूनी बाटो रोज्ने भन्दै खण्डन पत्रमा अगाडि लेखेका छन्–‘गाडीका बील कहाँ कसरी हिनामिना भयो ? हाजिरी नगरेकोलगायत अनर्गल रुपमा लेखिएका सबै विषयहरुको प्रमाण पेश होस् अन्यथा यस विषयको कानूनी बाटो अवलम्बन गरिनेछ ।’
Leave a Reply