Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से, ४ अर्ब ६७करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ ।

अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो ।

आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ।

७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिंगटी हाइड्रो पावर,मोदी इनर्जी,त्रिशूली जल विद्युत,मु्क्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिए। यसदिन म्युचुल फण्डको मूल्य भने ०.०१ प्रतिशतले घट्यो। २१२ कम्पनीको मूल्य बढ्दा २९ वटाको घट्यो भने ५ को स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077