काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ ।
सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।
एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
यस्तै कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।