Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सर्लाहीको बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

    सर्लाहीको बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 801
    SHARES

    सर्लाही । सर्लाहीको बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन भएको छ । शुक्रबार गोली लागेर मृत्यु भएका युवकको शव सडकमै राखेर प्रदर्शन भइरहेको हो।

    अस्पतालको विषयमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु पश्चात लगातार प्रदर्शन भइरहेको छ ।



    आइतबार भने प्रदर्शन थप उग्र बनेको छ। स्थानीयले आन्दोलन चर्काएपछि आइतबार १२ बजेखि सोमबार विहान ८ बजेसम्मका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।



    तर त्यसको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा रहेको फुसको छानो भएको गोलघरमा आगजनी समेत गरेका छन् ।

    प्रदर्शन रोक्न प्रहरीले दर्जनौं अश्रु सेल र हवाई फायर गरेका छन् । तर स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

    मृतकका आफन्त सहित आन्दोलनकारीले दोषी प्रहरीको निलम्बन तथा कारबाही हुनुपर्ने, मेयर कल्पना कुमारी कटुवालको राजीनामा सहित कारबाही हुनुपर्ने, ईलाका प्रहरी कार्यालयका प्रमुखको निलम्बन, मृतकलाई सहिद घोषणा लगायतका ९ बुँदे माग गर्दै आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार