Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीले टुंग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लगाएको छ ।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय निर्वाचन यही माघ ११ गतेका लागि तोकिएको छ।

राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077