Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै, माग पूरा नभएसम्म शव नउठाउने आफन्तको अडान

    जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै, माग पूरा नभएसम्म शव नउठाउने आफन्तको अडान

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.8K
    SHARES

    सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको छ । बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

    तर सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरेपनि आफन्तले शव नउठाएका हुन् । सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ ।



    आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव आइतबार बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने लगायतका माग गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार