Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनले क्राइमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि

    युक्रेनले क्राइमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 927
    SHARES

    फाइल तस्विर

    किभ । युक्रेनी सेनाले क्राइमियाली सहर साकीनजिकै रहेको सैन्य हवाईअड्डामा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ ।

    युक्रेनी वायुसेनाका कमान्डर माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै युक्रेनिस्का प्राभदा मिडिया आउटलेटले सो घटनाबारे शनिबार उल्लेख गरेको छ ।



    क्राइमियास्थित रुसी कमान्ड पोस्टमा आक्रमण गरिएको ओलेस्चुकले बताएका छन् । शुक्रबार स्थानीय मिडियाले क्राइमियाको साकी र येभपेटोरिया क्षेत्रमा विस्फोटको आवाज सुनिएको जनाएका छन् ।



    सम्भावित जोखिमका कारण क्राइमियन पुलमा यातायात अस्थायी रूपमा रोकिएको थियो । साकी एयरफिल्ड ४३औँ स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार