काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको बताएका छन् ।
शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको दाबी गरे ।
भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति समेत जनाए ।
Leave a Reply