Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीमा राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ ।

शनिबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।

गठबन्धनमा छलफल गरी निर्णय गर्ने जिम्मा र सर्वाधिकार तीन नेतालाई पठाएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा बस्नुपर्ने निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077