सर्लाही । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सर्लाहीको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।
बरहथवामा शुक्रबार साँझ भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा बरहथवा नगरपालिका ६ का जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो।
मृत्युको विरोधमा आक्रोशित युवाहरु शनिवार बिहानैदेखि बरहथवा, मलंगवा, सलेमपुर, कविलासी, गौर लगायतका बजारमा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।
बाटोमा टायर बालेर प्रदर्शन गर्दा बिहानैदेखि मलंगवा नवलपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन। आक्रोशित स्थानीयले मृतक युवाको शव शुक्रवार साझैंदेखि घटनास्थलबाट उठाउन दिएका छैनन्।
स्थानीय प्रशासनले भिडभाड तथा विरोध प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको छ
Leave a Reply