Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभाको उम्मेदवार छान्‍न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक आज बस्दैछ । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न आज बैठक बस्न लागेको हो ।

यसअघि शुक्रबार बस्ने तय भएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।

विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनोट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनोट गरिने बताइएको छ ।

राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077